सिन्धुलीको पिपलभन्ञ्याङमा कार दुर्घटना हुँदा दुईको मृत्यु


१७ बैशाख २०८०, आइतबार  

40
Shares

बैशाख १७

सिन्धुलीमा आज  बिहान कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आज बिहान काठमाडौंबाट सिन्धुली आउँदै गरेको कार विपि राजमार्ग अन्तरगत कमलामाई नगरपालिका– २ पिपलभन्ञ्याङमा दुर्घटना भएको हो । दुर्घटनामा १ जना घाइते भएका छन् ।  कार सडकबाट २० मिटर तल खस्दा झापाका ४३ वर्षीय कुमार पुरी  र सिन्धुलीको मरिण गाउँपालिका-३ ठेगाना भइ हाल काठमाडौं गौरीघाट बस्दै आएकी ३८ वर्षीय सहारा प्रर्साईंको मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ६ : ०३ बजे