चट्याङले अवरुद्ध बनेको रामेछाप प्रशासनको पासपोर्ट सम्बन्धि सेवा पुनःसुचारु


६ जेष्ठ २०८०, शनिबार  

20
Shares

रेडियो रामेछाप ।

जेठ ६, २०८० शनिबार

रामेछाप । गत बुधवार बिहान परेको चट्याङ लागेर उपकरण बिग्रिदा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय रामेछापबाट प्रवाह हुने राहदानी (ई–पासपोर्ट) को सेवा सुचारु भएको छ ।

जिल्ला प्रशासन कार्यालय रामेछापले शनिवार एक सूचना जारी गर्दै अवरुद्ध सेवा सुचारु भएको जनाएको हो ।

प्रशासनमा चट्याङले कम्प्युटर लगायतका उपकरणमा क्षति पूर्याउदाँ अनिश्चित कालको लागि बन्द भएको ई–पासपोर्ट सम्बन्धि सेवा भोलि आइतबार देखि नियमित रूपमा प्रवाह हुने जिप्रका रामेछापले जनाएको हो ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  १ : ०५ बजे