सुनचाँदीको भाउमा नयाँ रेकर्ड, सुन तोलामा १ लाख १३ हजार ६ सय रुपैया पुग्यो


४ श्रावण २०८०, बिहिबार  

22
Shares

साउन ४,

रामेछाप – सुनचाँदी अहिलेसम्मकै महँगो भएको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको जेठ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च १  लाख १३ हजार ३ सय रुपैयाँमा पुगेको थियो । हिजो तोलामा एक लाख १३ हजार एक सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढिरहेकाले नेपालमा पनि भाउ बढेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार भाउ अझै बढ्ने सम्भावना छ । यस्तै, चाँदी पनि आज अहिलेसम्मकै महँगाे भएको छ । चाँदीकाे भाउ तोलाको एक हजार चार सय ९५ रुपैयाँ पुगेको नपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ५ : ४९ बजे