पुस ७, रामेछाप - यो वर्ष धान उत्पादन बढेको कृषि मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयले सबै प्रदेशमा धानको उत्पादन बढेको जनाएको छ । नयाँ जातको बिउ र प्रविधिको उपयोगका साथै मौसम अनुकूल हुँदा गतवर्षको तुलनामा धान उत्पादन बढेको मन्त्रलायले बताएको छ । गतवर्ष १४ लाख ७७ हजार ३ सय ७८ हेक्टरमा धान रोपाई भएको…