१ वर्षमा १६ अर्ब रुपैयाँ बढीको फलफूल विदेशबाट नेपाल आयो

रामेछाप- गएकाे आर्थिक वर्ष २०७९/८० मा १६ अर्ब रुपैयाँभन्दा बढीको फलफूल आयात भएको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बाैँ रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गएकाे आवमा १६ अर्ब आठ करोड रुपैयाँभन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको छ ।…